५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ले दुई दिनमै कमायो ४१५ करोड



अ+ अ-

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले रिलिजको दुई दिनमा विश्वभर करिब ४१५ करोड रुपैयाँ कमाएको छ ।

योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २६५ करोड रहेको छ । इन्डस्ट्री ट्र्याकर सकनिल्कका अनुसार ‘पुष्पा २’ ले हिन्दी संस्करणबाट करिब १३१ करोड रुपैयाँ कमाएको छ ।

यस हिसाबले फिल्मले विश्वव्यापी कमाईको मामिलामा शाहरुख खानको ‘जवान’ र एसएस राजामौलीको फिल्म ‘आरआरआर’लाई पछाडि छोडेको छ ।

आरआरआरले दुई दिनमा विश्वभर ३७१.५३ करोड रुपैयाँ कमाएको थियो । फिल्म जवानको कुरा गर्ने हो भने दुई दिनमा विश्वभर २३९.४७ करोड कमाएको थियो ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार ‘पुष्पा २’ ले शुक्रबार हिन्दी संस्करणमा मात्रै ५० करोडभन्दा बढी कमाएको छ ।

फिल्म ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।