२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छः सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताउनु भयो ।

चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गर्नुभयो । उहाँले बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताउनु भयो । भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताउनु भयो ।

चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्र शुरुमा भन्दा त धेरै विकास भएको छ । तर अहिले पनि कमजोर नै छ । बलिउडको छायाँ यहाँ परेर हो की ? चिनियाँ फिल्म इण्डस्ट्रिको त हामीलाई धेरै प्रभाव परेको छैन ।

सार्कमा इण्डियालाई जित्न नसके पनि अरुलाई त जित्नसक्छौँ । त्यो हैसियत हुनुपर्छ । त्यसका लागि नीति, कानूनमा कहाँ कहाँ बाधा छ, त्यो बाधाका पहाडहरु यो वर्ष हामी तोड्छौँ । फिल्म इण्डस्ट्रिको डेभलपमेण्टका लागि के गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । यति धेरै सुन्दर देश बिरलै पाइन्छ ।’

मन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभइ भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गर्नुभयो ।