४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

जारी खेलमा कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १३३ रन जोड्यो ।

उसका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकिय पारी खेले । बोसिस्टोले ४९ बलमा ६६ तथा खनालले ४८ बलमा ५३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका प्रतिश जिसिले चार, बसिर अहमद र क्रीस सोलले दुई-दुई तथा अकिब इलियासले एक विकेट लिए ।