२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिआरआई सम्झौता हुनु सुखद्ः झलनाथ खनाल

बिआरआई सम्झौता हुनु सुखद्ः झलनाथ खनाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गर्नुभएकोमा खुशी प्रकट गर्नुभएको छ ।

चीन भ्रमण सेकर शनिवार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गर्नुभयो । बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उहाँको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल र चीन बीचको सम्बन्ध र यो बिआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ ? संसारमा १५३ मुलुकहरुले बिआरआई प्रोजेक्ट लिइसके, तर नेपालल यत्रो सात सात वर्षसम्म किन नलिएको भन्ने प्रश्न जुनसुकै पत्रकारहरुको पनि प्रश्न थियो । मैले यसबारेमा अध्ययन गर्दैछौँ, हामी लिन चाहन्छौँ, बिआरआईप्रति हाम्रो सकारात्मक धारणा छ भन्नेकुरा दृढतापूर्वक राखेँ । बढी फोकसको विषय बनेको थियो । चिनियाँ जनताले र चीनका सार्वजनिक उद्यमीहरुले मिलेर अन्तर्राष्ट्रिय विश्व विद्यालय स्थापना गर्ने सोच निर्माण गरेका छन् । त्यो अन्तर्राष्ट्रिय विश्व विद्यालयको नाम वल्र्ड युनिभर्सिटी फर पिस एण्ड डेभलपमेण्ट स्थापना गर्ने कुरा भएको छ । त्यसमा विभिन्न देशका पूर्वप्रधानमन्त्री राख्ने कुरा भएको रहेछ, नेपालबाट मलाई प्रश्ताव गर्नुभएको छ । त्यो विश्वविद्यालयको अनरेडी चियरम्यानको लागि । मैले हुन्छ भनेको छु । यो बिआरआईको बारेमा अब सम्झौता त भयो, तर अनौठो कुरा त्यहाँ घुम्दाघुम्दै कस्तो लाग्यो भने अब बिआरआईको बारेमा गर्नुपर्छ भनेर धेरै इन्टरभ्युमा भनेँ । तर अन्तिममा नहुने भएछ । एउटा ड्राफ्ट गरियो त्यो फिर्ता भयो, अर्को ड्राफ्ट गरियो त्यो फिर्ता भयो । अनि नहुने भयो भनेर संयुक्त विज्ञप्ति समेत निस्कियो । अन्तिममा फेरि केके कुराहरु हुँदै गयो, अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो ? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने ? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने का हो । छिमेकीसँग यो प्रकारको लापरवाही गरेर गर्नु हुँदैन थियो । तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बिआरआई सम्झौता भएको छ । त्यो राम्रो कुरा हो । मैले खुशी प्रकट गर्नुपर्छ ।’

सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताउनु भयो । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः हरिराम भेटुवाल÷रासस