२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

निर्णय पुस्तिका लुकाउदै दशौँ राष्ट्रिय खेलकुदको निर्णय,बैठकमा उपस्थित सदस्यहरुले हस्ताक्षर गर्न पाएनन्

निर्णय पुस्तिका लुकाउदै दशौँ राष्ट्रिय खेलकुदको निर्णय,बैठकमा उपस्थित सदस्यहरुले हस्ताक्षर गर्न पाएनन्
अ अ+ अ-

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदको मिति तय गर्न शुक्रबार दिउसो खेलकुद मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११८औँ बोर्ड बैठक बैठक बस्यो ।

राखेप का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद हुने जानकारी गराईयो । तर बैठकमा उपस्थित सदस्यहरुले निर्णय पुस्तिका हस्ताक्षर गर्न नै पाएनन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार मन्त्रीको सचिवालयले निर्णय पुस्तिकामा परिषद्का सदस्यहरुलाई हस्ताक्षर नै गराएन ।

बैठकमा सहभागी कर्णाली प्रदेश खेलकुद विकास परिषदका विश्वामित्र सन्जेलले सामाजिक संञ्जालमा लेख्नुभएको छ ।

खेलकुदको विडम्बना…

दशौं राष्ट्रिय खेलकुदको मिति तय गर्नका लागि बसेको ११८औं बैठकको निर्णय पुस्तिकाको उपस्थितिमा हस्ताक्षर गराउन नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री ज्यूले बिरालोको चल्ला लुकाई गर्नुभयो।

बैठक लाईभ भएको भए थाहा हुन्थ्यो।

थप स्पष्ट: मन्त्रीज्यूको अध्यक्षतामा बैठक चलिरहेको बेला सम्म निर्णय पुस्तिकामा कसैलाई उपस्थितीमा हस्ताक्षर गराइएन, निर्णय लिपिबद्ध भैसकेको पनि थिएन, छलफल मात्र टुंगिएको थियोे । निर्णय माइनटमा लेखिसकेपछि मात्र सबैले उपस्थिती र समापन हस्ताक्षर गर्ने भन्दै बैठक समापन भयो । यसरी समापन भएको आधाघण्टा पछि मन्त्रीज्यूको कार्यकक्षमा सिमित ब्यक्ति लाई बोलावट भयो, माईनट बोकेर त्रिपुरेश्वर पुगिसकेको कर्मचारी लाई बोलावट भयो कार्यालय पुगेका सुरक्षा निकायका प्रतिनिधिलाई पनि बोलावट भयो त्यो था पाएर म पनि गए कार्यकक्षमा फोटोमा देखिएका हामी सबैले उपस्थितीमा हस्ताक्षर गरौँ ।

बैठक चलिरहदा बैठक कक्षमा हस्ताक्षर नगराएर समापन पछि कार्यकक्षमा लुकाई छिपाइ जस्तो गरि हस्ताक्षर गराउनु पर्ने बाध्यता के आइ पर्‍याे होला ?बिरालो ले चल्ला लुकाए जस्तो भनेको हो । मन्त्री ज्युको सचिवालयको आग्रहमा थप स्पस्ट पारेको छु ।

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो । गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।