७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न भारतः हैदराबादको थुप्रै हिस्सा जलमग्न, ११ को मृत्यु



अ+ अ-

भारत । लगातार वर्षाका कारण भारतको हैदराबादको थुप्रै हिस्सामा हालसम्म ११ जनाको मृत्यु भएको छ । यीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो । सडक जलमग्न छन् र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न छन् ।

हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए । अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ ।

भारी वर्षाका कारण मंगलबार इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो । तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि नै भारी वर्षा भइरहेको छ । यसैकारण मानिसहरुको जीवन अस्तव्यस्त भएको छ । हैदराबादका थुप्रै इलाका जलमग्न भएका छन् ।