९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न भारतः हैदराबादको थुप्रै हिस्सा जलमग्न, ११ को मृत्यु



अ+ अ-

भारत । लगातार वर्षाका कारण भारतको हैदराबादको थुप्रै हिस्सामा हालसम्म ११ जनाको मृत्यु भएको छ । यीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो । सडक जलमग्न छन् र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न छन् ।

हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए । अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ ।

भारी वर्षाका कारण मंगलबार इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो । तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि नै भारी वर्षा भइरहेको छ । यसैकारण मानिसहरुको जीवन अस्तव्यस्त भएको छ । हैदराबादका थुप्रै इलाका जलमग्न भएका छन् ।