३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बोर्ड र त्रिविको पत्रकारिता विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति



अ+ अ-

काठमाडौं । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविधालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारीधि गरिरहेका विधार्थीहरुले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् । विज्ञापन बोर्डमा आज आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा। कुन्दन अर्यालवीच सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विधार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।

सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्‍चार विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले छात्रवृत्ति विधार्थीलाई उपयोगी हुने बताउनु भयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विधार्थीहरु आकर्षित हुने अपेक्षा गरिएको वताउनु भयो ।सहमतिले त्रिभुवन विश्वविधालय र बोर्डविच समझदारी बढ्ने समेत उहाँहरुले वताउनु भयो ।