१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै



अ+ अ-

वीरगञ्ज । सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दालाइ तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए ।

मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशालाई रुपान्तरित गरेका छन् । पुख्र्यौली पेशा त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ ।

“त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौं”, लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका दानालाल पासवानले भने, “देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुख्र्यौली पेशालाई त्यागेका छौं ।”

पुनर्वास बस्तीका देवानन्द पासवानले भने, “निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा आएको सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले यो बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको छ । आधारभूत आवश्यकता परिपूर्तिसँगै यो बस्ती अहिले समृद्धिको यात्रातर्फ लम्किँदै गएको छ ।” 

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले शुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५०० घरपरिवार छ भने करिब तीन हजार ५००  जनसङ्ख्या रहेको छ । लालबन्दी नगरपालिका–२ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता रहेको छ । एबिसिडी गरी चारवटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्ती समेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भएपनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुको प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो ।

“युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाहरु तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको छ”, वडा नं १ का वडाध्यक्ष पञ्चालाल स्याङयोले भने, “लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ।”

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय रहेका छन् । उनीहरुको छोराछोरी यसै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन् । छोटो समयमा पुख्र्यौली पेशा त्यागेर धनुषाको झिँझाबाट यहाँ आएका मानिस कडा परिश्रम र मेहेनत गरेर यहाँ सुन फलाउन थालेपछि लालबन्दीवासी खुशी भएका छन् ।

 




भर्खरै