काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत अहिले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीचको खेल भइरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले ब्याटिङ गरिरहेको छ ।
जनकपुरको नेतृत्व अनिल साहले गरेका छन् पोखराको कप्तान कुशल भुर्तेल छन् ।
यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन
राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।
आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमान्डू गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने छ ।










