४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

खेलको लागि युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ले गर्‍यो बिदाइ

खेलको लागि युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ले गर्‍यो बिदाइ
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४–२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।

पत्रकार सम्मेलनमा चलचित्रको वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो । निर्देशक मिलन चाम्स र एञ्जिला सुब्बा प्रिमियरमा सहभागी हुनेछन् । हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक चाम्सले दर्शकहरूको चासो र उत्साहप्रति आभार व्यक्त गरे । “हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु, यो चलचित्रप्रतिको उत्साहलाई देखाउँछ । ‘अञ्जिला’ले नेपाली चलचित्र र खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ,” चाम्सले भने ।

हङकङ पछि चलचित्रको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ । फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर चलचित्र एकसाथ प्रदर्शन गरिने समारोहमा बताइयो ।

प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र चलचित्रको लागि प्रेरणादायी भएको बताए । उनले भने, “यो चलचित्रले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्‍याउनेछ । निर्देशक मिलन चाम्स नेपाली चलचित्रको ‘मेस्सी’ हुनुहुन्छ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्‍याउन यो चलचित्रले ठूलो भूमिका खेल्नेछ ।”

नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले यो चलचित्रलाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन् । उनले भनिन्, “सम्भवतः यो चलचित्र नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ ।”

राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो चलचित्रलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले भने, “नेपाली फुटबलको पहिलो बायोपिक बनेको सुन्दा गर्व लागेको छ । आशा छ, यो चलचित्रले थप प्रेरणादायी प्रभाव छोड्नेछ ।” उनले युरोपियन लिगमा महिला गोलरक्षकले खेल्ने अवसर पाउनु ठूलो उपलब्धि रहेको समेत उल्लेख गरे ।

‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन् । उनले आगामी दिनमा थप सफलता हासिल गर्न सबैको साथ र समर्थनको अपेक्षा गरेको जनाइन् ।

चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह(निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

नेपाली खेलकुद र चलचित्र दुवै क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेता पनि पूर्ण बायोपिक भने नभएको निर्देशक चाम्सले बताए । साथै, निर्माता श्रेष्ठले यस चलचित्रको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाको लागि काठमाडौंमा घर तयार गरिने बताए । सो घरलाई एञ्जिलाले फुटबल एकेडेमीको रूपमा परिणत गरी सङ्घर्षमा रहेका फुटबल खेल्न चाहनेलाई युवतीहरूलाई सहयोग गर्ने योजना रहेको छ ।