६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरवेजले गर्न छाड्यो भैरहवा उडान



अ+ अ-

काठमाडौं । कतार एयरवेजले दोहा–भैरहवा उडान स्थगन गरेको छ । दुईतर्फी यात्रुको माग नभएपछि एयरवेजले उडा नै स्थगित गरेको हो । यो एयरवेजले गत शनिबार भैरहवामा अन्तिम उडान गरेको थियो ।

दसैं, तिहार, छठ लगायतका चाडपर्व र शरदकालीन पर्यटकीय सिजन सकिएसँगै नेपालबाट फर्किनुपर्ने यात्रुको चापका आधारमा कतारले कात्तिक २७ गते दोहाबाट भैरहवा उडान गरेको थियो । दोहाबाट भैरहवा टचडाउन अनुमति लिई कतारले त्यहाँबाट काठमाडौं आई दोहा फर्किने उडान गरेको थियो । यो रुटमा १९ दिन कतारले दैनिक उडान गर्दा दुईतर्फी सय हाराहारी यात्रु आवागमन भएका थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कतारले भैरहवामा उडान गर्नेबारे अनुमतिका लागि पत्राचार नगरेको जनाएको छ । पहिलोपटक दोहा–भैरहवाका लागि कतारले १२ नोभेम्बरदेखि ३० नोभेम्बरसम्मको उडान अनुमति लिएको थियो ।

कतारले भैरहवामा खटाइएका कर्मचारी पनि त्यहाँबाट काठमाडौं फिर्ता बोलाइसकेको छ ।

पर्यटकीय सिजनमा दैनिक दोहा–काठमाडौं चारवटा उडान गर्ने कतारले यतिबेला काठमाडौंमा दुइटा उडानमात्रै गरिरहेको छ ।

यसैबीच यात्रुको चाप नभएका कारण थाइल्यान्डबाट आउने थाई एयर एशियाले पनि भैरहवाको उडान संख्या कटौती गरेको छ । सोम र बिहीबार बैंकक–भैरहवा उडान गरिरहेको थाई एयर एशियाले सोमबारको उडानलाई बिहीबारसँग मर्ज गरेको छ ।

भैरहवामा शनिबारसम्म कतारबाहेक थाई एयर एशिया, फ्लाई दुबई, जजीरा र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए । शनिबारपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या चारमा झरेको छ ।