७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एड’ लेखेर बिआरआइमा सहमति, परराष्ट्र सचिवले हस्ताक्षर गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अन्ततः बिआरआइमा सहमति भएको छ । मंगलबार चीनका राष्ट्रपति सि चिनफिङ तथा चिनियाँ प्रधानमन्त्री लि छ्याङसँगको द्विपक्षीय भेटवार्तापछि चीनसँग सो सहमति भएको हो ।

यसअघि नेपालले तयार गरेको बिआरआई कोअपरेसन फ्रेमवर्कमा ग्रान्ट अर्थात् अनुदान शब्द लेखिएकामा सबै अनुदान दिन नसकिने भन्दै चीनले असहमित जनाएको थियो ।

त्यसपछि नेपालको सो फ्रेमवर्कमा संशोधन गरेर एड अर्थात् सहायता भन्ने शब्द राखिएको समाचार स्रोतले बतायो । यो पनि सहयोग नै भएको बुझाई दुवै तर्फको भएपछि बिआरआईमा हस्ताक्षर हुने भएको हो ।

अनुदानमा चीनले परियोजनाहरु सबै गर्न नसकिने भनेपछि नेपालले त्यसमा नेपालले पुनः संशोधन गरेर एड राखिएको छ । तर त्यस अन्तर्गत गरिने परियोजनाहरु भने फाइनल गर्न बाँकी रहेको छ ।

अहिले कुन कुन परियोजनाहरु बिआरआइ अन्तर्गत चीनले नेपाललाई दिने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको भ्रमण दललका एकजना सदस्यले जानकारी दिए ।

उनले सो विषयमा सहमति भएपछि अब त्यसमा नेपालका तर्फबाट परराष्ट्र सचिवले हस्ताक्षर गर्ने भएका छन् । केही छिनमा सो दस्ताबेजमा हस्ताक्षर हुने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने तयारी भएको सो स्रोतले भन्यो ।