१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः पहिलो खेलमै पोखरा पराजित, चितवनसँग लज्जास्पद हार



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेञ्जर्स पहिलो खेलमै पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित हुँदै प्रतियोगितामा पोखराले खराब सुरुवात गरेको हो ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमै ७४ रनमा अलआउट भयो । नारायण जोशीले ३० तथा मार्कुस क्रीचलीले १७ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका शोहेल तनभिर, रिजन ढकाल र लुक मार्टिन बेनकेन्स्टाइनले ३–३ विकेट लिए । यस्तै, एक विकेट दीपक बोहराको नाममा रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

उसका लागि रवि वोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन जोडे । यस्तै, कुशल मल्लले २३ बलमा ३८ रन जोडे भने लुक मार्टिन बेनकेन्स्टाइनले १६, हसन इसाखिलले १४ रन जोडे । अमर रौतेला १३ र शरद भेषवाकर ११ रनमा अविजित रहे ।

बलिङतर्फ पोखराका विपिन खत्री, बास डि लिडे र रेमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए । सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।