३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः पहिलो खेलमै पोखरा पराजित, चितवनसँग लज्जास्पद हार



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेञ्जर्स पहिलो खेलमै पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित हुँदै प्रतियोगितामा पोखराले खराब सुरुवात गरेको हो ।

१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमै ७४ रनमा अलआउट भयो । नारायण जोशीले ३० तथा मार्कुस क्रीचलीले १७ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ चितवनका शोहेल तनभिर, रिजन ढकाल र लुक मार्टिन बेनकेन्स्टाइनले ३–३ विकेट लिए । यस्तै, एक विकेट दीपक बोहराको नाममा रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।

उसका लागि रवि वोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ५१ रन जोडे । यस्तै, कुशल मल्लले २३ बलमा ३८ रन जोडे भने लुक मार्टिन बेनकेन्स्टाइनले १६, हसन इसाखिलले १४ रन जोडे । अमर रौतेला १३ र शरद भेषवाकर ११ रनमा अविजित रहे ।

बलिङतर्फ पोखराका विपिन खत्री, बास डि लिडे र रेमन राइफरले २–२ विकेट लिए भने सागर ढकालले १ विकेट लिए । सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।