१८ माघ २०८१, शुक्रबार
,
Latest
गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइनः महामन्त्री शर्मा हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौंः जनार्दन शर्मा खाडीको पैसाले सरकार र संसद चलिरहेको छ, प्रधानमन्त्रीले विकासको कुरा गर्दा आश्चर्य लाग्छः अध्यक्ष केसी टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि: महेश बर्तौला भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन किक बक्सिङ टोली भारत प्रस्थान अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई फ्रेमवर्कमा चीनमा सहमति



अ+ अ-

काठमाडौं: नेपाल र चीनबीच हुने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा अन्यौलबीच दुबै देशबीच अन्तत: सहमति भएको छ ।

नेपालले अघि सारेको परिमार्जित बिआरआई फ्रेमवर्कलाई चीनले स्वीकार गरेको बेइजिङमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलमा रहेका एक सदस्यले न्यूजपोलारलाई बताएका छन् । उक्त सम्झौतामा सम्भवत: बेइजिङमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङ एवं राष्ट्रपति सी चिनफिङ बीच भएका भेटवार्तामा नेपालले फ्रेमवर्कमा सहमति जनाउन चिनिया पक्षलाई आग्रह गरेको थियो ।

बिआरआई अन्तर्गत चीनले नेपालका विकास परियोजनामा ऋण र अनुदान दुबै सहायता प्रदान गर्ने सम्भावना छ जसका लागि दुबै पक्षले आयोजनाहरु पहिचान गर्नेछन् । त्यस्ता आयोजनामा आवश्यक पर्ने रकमको मोडालिटी समेतका विविध विषयमा छलफल भएर निष्कर्षमा पुग्न भने बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि बिआरआई फ्रेमवर्कका बारेमा सत्तारुढ दलहरुसँग सहमति जुटाउनु भएको थियो । उक्त फ्रेमवर्कमा काम गर्न चीन राजी भएको स्रोतको भनाई छ ।