५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

एनपिएल : विराटनगरले टस जित्यो

एनपिएल : विराटनगरले टस जित्यो
अ+ अ-

काठमाडौँ: राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् ।

विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो । दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै

नेपाल प्रिमियर लिगको आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच भिडन्त हुनेछ । यो जारी एनपिएलमा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ । चितवन राइनोजमा मल्लसहित अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसै टोलीबाट खेल्दैछन् । चितवन दोस्रो जितको खोजीमा हुनेछ ।

पोखरा एभेन्जर्सको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल छन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

पोखरामा कुशलसँगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ छन् । त्यस्तै, अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इङ्ल्याण्डका म्याट क्रिचली, वेस्टइन्डिजका रेमन राइफर, स्कटल्याण्डका माइकल लिस्क पनि पोखराबाट खेल्दैछन् । पोखराको आइकोनिकका सुदीप आर्याल छन् । जारी एनपिएलमा पहिलो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा हुनेछ ।

पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल हारिसकेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा मङ्सिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटले हार व्यहोर्यो ।

नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् । जसको उपकप्तानमा अर्जुन कुमाल छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रमसिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् । यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली युएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।रासस