३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्रीको चीन भ्रमणमा यी–यी विषयमा हुँदैछन् सम्झौता

प्रधानमन्त्रीको चीन भ्रमणमा यी–यी विषयमा हुँदैछन् सम्झौता
अ+ अ-

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट चीन भ्रमणमा हुनुहुन्छ । बेइजिङको चिसोमा चिनियाँहरुको न्यायो आतिथ्थता पाउनु भएको ओलीको आज महत्वपूर्ण राजनीतिक भेटघाट र केही सहमतिका हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको छ । आज ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो भ्रमणको क्रममा अरु कुनै विषयबस्तु भन्दा पनि बिआरआई परियोजना सबैभन्दा बढी चर्चाको शिखरमा रहेको छ । यो भ्रमणका क्रममा बिआरआई के हुन्छ ? यसमा सरकारले हस्ताक्षर गर्छ कि गर्दैन भन्ने विषय नै अहिले चर्चामा रहेको छ ।

तर कम्तीमा पनि सत्तारुढ दलहरुमा भने यो बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाउन सहमति जुटेको छ । नेपाली कांग्रेस र एमालेबीच सहमति भएपछि भने यसले नेपालको कूटनीतिक बृत्तका साथै देशको परराष्ट्र नीतिमा नयाँ र सकारात्मक सन्देश दिएको छ ।

योसँगै नेपाल र चीनबीच झण्डै एक दर्जन बिषयमा संम्झैता गर्ने तयारी रहेका छ । जसमा संखुवाशभाको किमाथाङ्कामा बन्दरगाह निर्माण, अध्यायगमन कार्यालयको स्थापना, एक जलबिद्युत आयोजना ट्रान्समिसन निर्माण गर्ने रहेको छ ।

यसैगरी केरुङ रसुवा गढी २०० केभी प्रशारण लाइनलाई ४०० केभीमा स्तर उन्नती गर्ने, विद्युतीय तार भूमिगतअन्तरगत युटिलिटी कोरिडोर निर्माण गर्ने, झापामा रंगशाला, डडेलधुरामा सिटीहल, मासु प्रशोधन केन्द्र निर्माण र निर्यात, मदन भण्डारी युनिभर्सिटी साईन्स एण्ड टेक्नोलोजीलाई सहयोग, काठमाडौं केरुङ रेलमार्ग को सन् २०२६ सम्म सभ्माव्यता अध्यायन सम्पन्न गर्ने, टोखा छहरे सुरुङ निर्माण अघि बढाउने, अरनिको राजमार्गको स्तरउन्नति, चक्रपथ सडक बिस्तारअन्तरगत रोकिएको आयोजना अघि बढाउने, चीनसँग नाका जोडिएका नाका पक्की पुल निर्माण गर्ने लगायतका रहेका छन् ।

योसँगै सञ्चार सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग छलफल हुने तयारी छ ।