३० असार २०८३, मंगलवार
,
Latest
नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप भएनः सोमपाल



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन् ।

जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शिर्ष पाँच ब्याटरले राम्रो भुमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् ।

आजको पिचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साह र आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो ।

उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे । विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पिच बुझ्न गाह्रो भएको सोमपाल बताए । उनले आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेको पनि बताए । तर आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ ।

जनकपुर बोल्ट्का प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको बताए । उनले खेल्दै गएपछि पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वस्त रहेको बताए । प्रशिक्षक पुबुदुले अन्तिम दुई ओभर आफूहरूका लागि राम्रो नभएको पनि उल्लेख गरे । विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गर्दा अनिल साह र आसिफ शेखले राम्रो गर्न सकेकोमा प्रशिक्षक पुपुदु खुशी थिए ।