३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान
अ+ अ-

काठमाडौ । हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्य चिनको औपचारीक भ्रमणमा जानु भएको छ ।

नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी प्रधानमन्त्री २ डिसेम्बर, २०२४ का दिन जनवादी गणतन्त्र चीनको राजधानी बेजिङ प्रस्थान गर्नुभएको छ ।

भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिकरविकास सल्लाहकार डा। युवराज खतिवडा, सासंदहरु, मुख्य सचिव एक नारायण अर्याल, वरिष्ठ सरकारी अधिकारीहरु र विभिन्न उद्योगका प्रतिनिधिहरु संलग्न हुनुहुन्छ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्‍योंगले प्रधानमन्त्री, सहित प्रतिनिधिमण्डलका सदस्यहरूलाई बिमानमा स्वागत गर्नुभएको थियो। उक्त अवसरमा हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठ प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बिदाइ गर्नुभएको थियो ।

यस प्रतिनिधिमण्डल हिमालय एअरलाइन्स्को (Airbus 319 (Registration: 9N-AJK) वायुयानबाट ५ डिसेम्बर, २०२४ मा बेजिङबाट नेपाल फर्कने कार्यक्रम तय रहेको छ।

उक्त उडानपछि उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हामीलाई सरकारको प्रमुखको आधिकारिक यात्राको लागि विशेष उडान सञ्चालन गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो। हामीलाई मुलुकको सरकार प्रमुख र देशका उच्चस्तरीय विशिष्ट पदाधिकारीहरू सम्मिलित विशेष उडान सञ्चालन गर्ने अवसरहरु प्रदान गरिदिनुभएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं। साथै, यस अवसरमा हामी विगतमा नेपाल सरकारको अनुरोधमा हामीले संचालन गरेको काबुलको मानवीय उडान समेत सम्झन चाहन्छौं।’

उक्त उडानको उडानदलमा वरिष्ठ क्याप्टेन हाओ दी (पाइलट इन कमाण्ड, उपाध्यक्ष – अपरेशन्स), क्याप्टेन रिवाज प्रसाद प्रधान र फर्स्ट अफिसर सागर श्रेष्ठ रहेका छन्।

Airbus 319 (Registration: 9N-AJK) वायुयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११: १६ बजे (नेपाली समय) उडेको थियो र बेजिङ क्यापिटल इन्टरनेशनल एयरपोर्टमा १८: ०० बजे (चीनको स्थानीय समय) अवतरण गरेको थियो।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र आईओएसए (IOSA) प्रमाणित वायुसेवा हो। हिमालय एअरलाइन्स् उडान सुरक्षा र ग्राहक सेवाप्रतिको प्रतिबद्ध रही यात्रुहरूको यात्रा सहज र सुरक्षित बनाउँछ, जसले एअरलाइन्स्लाई यात्रा गर्नको लागि एक विश्वसनीय साझेदारको रूपमा स्थापित गरेको छ।