२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य प्रजातन्त्र, बहुदलिय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ सझदारी गरौँः अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै, आठौँ चलचित्रमा कलाकारको बुलन्द लाइनअप



अ+ अ-

काठमाडौं । पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । नेपालको चलचित्रका प्रशंसित निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् ।

यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ । यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका निर्माता हिमाल कडरियाले यो चलचित्र बनाउनेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताएका छन् । “आम मानिसहरूको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने र सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौँ,” निर्देशक राउतले बताए ।

आगामी माघ १ गतेदेखि छायाङ्कन आरम्भ यस चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । वितरणको आर.आर. फिल्मस्ले गर्नेछ ।