२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा माओवादी केन्द्र तथा ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

मोरङ । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

गुलरिया (बर्दिया), बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्र्धी नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँक्रेविहार (सुर्खेत) , जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।

उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।

उदयपुर (गाईघाट), त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उहाँको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यलयले जनाएको छ ।