काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।
माझीले ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका हुन् । उनले कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरे । थारुले ५ हजार ३ सय ३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत ल्याएका छन् ।
यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।
ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।










