२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभेम्बरमा एक लाख भन्दा बढि पर्यटक नेपाल भित्रिए



अ+ अ-

काठमाडौं । नेपालमा सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी हजार विदेशी पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन्।

गत बर्ष २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । जुन २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेको हो ।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ९ हजार ४५८ जना पर्यटक आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यसैगरी, बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना, अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।