९ भाद्र २०८३, मंगलवार
,
Latest
मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोभेम्बरमा एक लाख भन्दा बढि पर्यटक नेपाल भित्रिए



अ+ अ-

काठमाडौं । नेपालमा सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी हजार विदेशी पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन्।

गत बर्ष २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० आएका थिए । जुन २०२४ नोभेम्बरमा ५.४ प्रतिशतले बढेको हो ।

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ९ हजार ४५८ जना पर्यटक आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्यसैगरी, बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना, अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।