२० मंसिर २०८१, बिहीबार
,
Latest
नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने ! प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज काठमाडौं फर्किंदै प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जानुहुने बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ? स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।” दुर्घटनामा गम्भीर घाइते भएका उहाँको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।