२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणअघि प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको उहाँको सचिवालयले जननाएको छ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्नेछ । यसअघि प्रधानमन्त्री ओलीले हिजो (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे जानकारी गराउनुभएको थियो ।