५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख



अ+ अ-

गलकोट, (बागलुङ) । सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रु ६४ लाख सङ्कलन भएको छ । प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन गर्न यहाँका स्थानीयले लगाएको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञमार्फत सो रकम सङ्कलन भएको हो ।

गाजाको दह संरक्षणमा पर्याप्त लगानी नगर्दा क्रमश: दह सुक्दै गएको गएको र मन्दिर पनि जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम सङ्कलन गरेका छन् । गाजा दहको प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गर्न यही मङ्सिर ८ गतेदेखि सुरु भएको उक्त महायज्ञ मङ्सिर १४ गते सम्पन्न भएको हो । गाजा दह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगदका साथै अन्य बागदान र जिन्सी सामानको मूल्याङ्कनपछि मात्र सहयोगबारे भन्न सकिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप पर्तेलले जानकारी दिनुभयो ।

सङ्कलित रकमले बागलुङको जैमिनी र गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुनर्निर्माण गरिनेछ । गाजा दहको एकीकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य रहेको सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख वाचकका रूपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गर्नुभएको थियो । महायज्ञमा सङ्कलन भएको रकम गाजा दहको प्रचारप्रसार, पूर्वाधार र सिद्ध बराहको पुनर्निर्माण गरिनेछ । रासस