२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सको डेकोर पार्टनरमा नेपोभिट टायल्स



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच जनकपुर बोल्टस्ले नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्ससँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको हो । जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टायल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले एनपीएलको सफलताका लागि शुभकामना दिनुभयो । नेपोभिट टाईल्सका अध्यक्ष झाले नेपोभिट टायल्सलाई जनकपुर बोल्ट्ससँग जोड्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

यस्तै, जनकपुर बोल्ट्सका निर्देशक श्रेष्ठले नेपोभिट टायल्सलाई डेकोर पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हर्षित महसुस भएको जिकिर गर्नुभयो । पहिलो संस्करणको एनपीएल शनिबारदेखि सुरु हुँदैछ ।