३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ(काभा)को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लब च्याम्पियनसिप हुँदैछ ।

उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लबसहित इरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लबले चुनौती प्रश्तुत गर्ने भएका हुन् । नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले क्लब च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लब भलिबल पहिलोपल्ट शुरु हुँदा नेपालमा आयोजना हुँदैछ ।

काभा महिला क्लब भलिबल माल्दिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

भलिबल संघले क्लब च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।