२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा कुल चार राष्ट्रका पाँच टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

नेपाल भलिबल संघको आयोजना र सेन्ट्रल एशियन भलिबल संघ(काभा)को संयोजनमा आगामी मंसिर २२ देखि २९ गतेसम्म नेपालमा क्लब च्याम्पियनसिप हुँदैछ ।

उक्त च्याम्पियनसिपमा नेपालको दुई क्लबसहित इरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडिसी क्लबले चुनौती प्रश्तुत गर्ने भएका हुन् । नेपालका भने लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले क्लब च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपाल भलिबल संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

भलिबल संघले काभा महिला नेसन्स लिग आयोजना गरेपछि यस वर्ष दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । काभा पुरुष क्लब भलिबल पहिलोपल्ट शुरु हुँदा नेपालमा आयोजना हुँदैछ ।

काभा महिला क्लब भलिबल माल्दिभ्समा भएको थियो । जहाँ नेपालको टोली नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको थियो । पछिल्ला समयमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलतासँगै भलिबल संघले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

भलिबल संघले क्लब च्याम्पियनसिप गर्न करिब एक करोड खर्च लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान प्रदान गर्ने बाँकी विभिन्न संघसंस्थाहरूबाट प्रायोजन लिने संघले जनाएको छ ।