१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आफ्नै भूमिसमेत दाबी गर्न सकेनः नेता सिंह



अ+ अ-

काठमाडौं । सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । आज शनिबार नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको उदघाटन गर्दै उनले, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो ’ भने । साथै नेता सिंहले सरकारको परराष्ट्र नीति पनि असन्तुलित देखिएको जिकिर गरेका हुन् ।  

परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली त्याहाँ नपुग्दै भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको पनि बताए ।

अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै उनले त्यसको निष्पक्ष छानबिनको माग गरे । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनले बताए ।