१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाए भने लकविन अभेसिङ्गेले ५० रन जोडे । यस्तै, कविजा गमागेले ३७ रनको योगदान दिए ।

नेपालका सन्तोष यादवले ४, युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।