३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजपोलार डटकमको प्रधानसम्पादकमा सुशील अर्याल नियुक्त



अ+ अ-

काठमाडौं । न्युजपोलार डटकमको प्रधानसम्पादकमा पत्रकार सुशील अर्याल नियुक्त भएका छन् । 

नेपाली पत्रकारितामा दुई दशक लामो अनुभव रहेका पत्रकार अर्यालले विसं २०५७ मा रेडियो सगरमाथाबाट पत्रकारिता शुरु गरेका थिए । उनीसँग च्यानल नेपाल, सगरमाथा टेलिभिजन, न्यूज २४ र हिमालय टेलिभिजनमा विभिन्न पद र जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।

टेलिभिजन पत्रकारितामा विशेष दख्खल राख्ने अर्याललाई थर्ड पोल ग्रुपले सो ग्रुपद्वारा सञ्चालित न्युजपोलार डटकमको प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

नयाँ जिम्मेवारी सम्हालेसँगै प्रधानसम्पादक अर्यालले नेपाली पत्रकारिताको नयाँ आयामका रुपमा विकास भएको अनलाइन पत्रकारितालाई समयानुकूल अधिकतम उपयोग गरी श्रव्यदृश्य सामग्रीहरुलाई अनलाइनमा प्रयोग गरी अघि बढाउने बताए ।  

संसारमा पत्रकारिता डिजिटल स्वरुपमा प्रवेश गरेसँगै गएको करिब सात महिनादेखि जारी कोभिडको विश्वव्यापी महामारीका कारण नेपाली पत्रकारिता पनि कागजी र अरु परम्परागत स्वरुपबाट डिजिटल स्वरुपमा गइरहेका बेला आफू पनि यही नयाँ आयाममा समाहित हुन पुगेको भन्दै प्रधानसम्पादक अर्यालले नेपालको अनलाइन पत्रकारितामा नयाँ आयामहरुको अभ्यास गर्ने बताए । 

पत्रकारिताको मूल मर्म र धर्म नै सही र साँचो समाचार जनतालाई पस्किनु र सूचनामा सबै नागरिकको पहुँच पुर्याएर थप विस्तार गर्नु हो भन्दै त्यही मर्मअनुरुप आजसम्म पत्रकारिताको मैदानमा रहेको र आगामी दिनमा पनि पत्रकारिताको यही मान्यतालाई थप मलजल गर्ने उनले प्रण गरे ।