१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सक्रिय सङ्क्रमित संख्या आठ लाख भन्दा कम, ६५ हजार थपिए



अ+ अ-

नयाँ दिल्ली । भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९५ हजार ५३ रहेको छ ।ती मध्ये ६६ हजार भन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ ।