२४ मंसिर २०८२, बुधबार
,
Latest
गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए ‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीमाटीमा मृत भेटिएकी महिलाको लिभर समस्याले मृत्यु भएको पोस्टमार्टम रिपोर्ट



अ+ अ-

काठमाडौँ । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिपोर्ट आएको छ ।

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहराले मध्यराति सुर्खेतीको शव बोकेर हिडेको भिडियो सीसीटिभी क्यामेरामा देखिएको थियो ।

बोहराले महिलाको शव काँधमा बोकेर सडकमा फालेका थिए । उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार सुर्खेतीको मृत्यु लिभरको समस्याका कारण भएको देखिएको छ । पोस्टमार्टम रिपोर्टमा ‘डिजिज अफ द लिभर’ का कारण उनको मृत्यु भएको लेखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ परेका कवीन्द्र बोहरा लागुऔषध सेवनकर्ता समेत हुन् । उनी यसअघि पनि चोरी डाँका,अभद्र व्यवहार सम्बन्धीलगायत कसुरमा १० पटक पक्राउ परिसकेका थिए । उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।