२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कालीमाटीमा मृत भेटिएकी महिलाको लिभर समस्याले मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

कालीमाटीमा मृत भेटिएकी महिलाको लिभर समस्याले मृत्यु भएको पोस्टमार्टम रिपोर्ट
अ अ+ अ-

काठमाडौँ । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिपोर्ट आएको छ ।

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहराले मध्यराति सुर्खेतीको शव बोकेर हिडेको भिडियो सीसीटिभी क्यामेरामा देखिएको थियो ।

बोहराले महिलाको शव काँधमा बोकेर सडकमा फालेका थिए । उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार सुर्खेतीको मृत्यु लिभरको समस्याका कारण भएको देखिएको छ । पोस्टमार्टम रिपोर्टमा ‘डिजिज अफ द लिभर’ का कारण उनको मृत्यु भएको लेखिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ परेका कवीन्द्र बोहरा लागुऔषध सेवनकर्ता समेत हुन् । उनी यसअघि पनि चोरी डाँका,अभद्र व्यवहार सम्बन्धीलगायत कसुरमा १० पटक पक्राउ परिसकेका थिए । उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।