१४ श्रावण २०८३, बिहीबार
,
Latest
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललित मोदीको आरोप: आईपीएलमा अम्पायर फिक्सिङ हुन्थ्यो



अ+ अ-

एजेन्सी । आईपीएलका संस्थापक ललित मोदीले प्रतियोगितामा अम्पायर फिक्सिङ हुने गरेको बताएका छन् ।

युट्युबर राज शमानीसँगको पोडकास्टमा मोदीले यो खुलासा गरेका हुन् । चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले आईपीएल खेलहरूमा चेन्नईकै अम्पायर उतार्ने आरोप मोदीले लगाएका छन् । इङ्ल्यान्डका एन्ड्रयु फ्लिन्टफलाई किन्नको लागि लिलामी पनि तय गरिएको उनी बताउँछन् ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमबाट ज्यान मार्ने धम्की आएपछि मोदीले सन् २०१० मा भारत छाडेका थिए । तर, यस क्रममा बीसीसीआईले उनलाई २५३ करोड रुपैयाँको ठगीको आरोप पनि लगाएको थियो । जुलाई २०२२ मा मोदी र बलिउड अभिनेत्री सुस्मिता सेन डेट गरिरहेको कुरा पनि बाहिर आएको थियो ।

राज शमानीले युट्युबमा ललित मोदीसँगको भिडियो पोडकास्ट सार्वजनिक गरेका छन् । यसमा मोदीले २००९ आईपीएल भन्दा पहिले इंग्ल्याण्डका अलराउन्डर एन्ड्रयू फ्लिन्टफले आफ्नो नाम लिलामीमा दर्ता गरेको बताएका छन् । त्यसपछि चेन्नईका मालिक एवं बीसीसीआई सचिव एन श्रीनिवासनले फ्लिन्टफ आफ्नो टोलीमा मात्र जानुपर्ने अडान लिएको खुलासा गरेका छन् ।

त्यसपछि मोदीले अन्य टोलीहरूलाई लिलामीमा फ्लिन्टफको लागि बोली नगर्न आग्रह गरे । लिलामीमा पनि त्यस्तै भयो र फ्लिन्टफलाई चेन्नईले १.५५ मिलियन डलरमा किनेको थियो । त्यसबेला, लिलामीमा बोलपत्र डलरमा गरिएको थियो ।

ललित मोदीले थप भने, ‘श्रीनिवासनले आईपीएलमा अम्पायर पनि फिक्स गरेका थिए । उनले चेन्नई सुपर किंग्सको खेलका लागि चेन्नई अम्पायर नियुक्त गरेका थिए । श्रीनिवासनले आईपीएल सफल नहुने विश्वास व्यक्त गरेका थिए । प्रतियोगिता सफल भएपछि उनी आफैंले अम्पायर फिक्सिङ गर्न थाले ।’

ललित मोदी २०१० सम्म बीसीसीआईको उपाध्यक्ष थिए । त्यस वर्ष मुम्बई र चेन्नईबीचको फाइनल खेलपछि उनलाई बीसीसीआईबाट निष्कासन गरिएको थियो । बीसीसीआईले उनलाई २५३ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएको थियो । श्रीनिवासन तत्कालीन बीसीसीआई सचिव थिए ।