२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललित मोदीको आरोप: आईपीएलमा अम्पायर फिक्सिङ हुन्थ्यो



अ+ अ-

एजेन्सी । आईपीएलका संस्थापक ललित मोदीले प्रतियोगितामा अम्पायर फिक्सिङ हुने गरेको बताएका छन् ।

युट्युबर राज शमानीसँगको पोडकास्टमा मोदीले यो खुलासा गरेका हुन् । चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले आईपीएल खेलहरूमा चेन्नईकै अम्पायर उतार्ने आरोप मोदीले लगाएका छन् । इङ्ल्यान्डका एन्ड्रयु फ्लिन्टफलाई किन्नको लागि लिलामी पनि तय गरिएको उनी बताउँछन् ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमबाट ज्यान मार्ने धम्की आएपछि मोदीले सन् २०१० मा भारत छाडेका थिए । तर, यस क्रममा बीसीसीआईले उनलाई २५३ करोड रुपैयाँको ठगीको आरोप पनि लगाएको थियो । जुलाई २०२२ मा मोदी र बलिउड अभिनेत्री सुस्मिता सेन डेट गरिरहेको कुरा पनि बाहिर आएको थियो ।

राज शमानीले युट्युबमा ललित मोदीसँगको भिडियो पोडकास्ट सार्वजनिक गरेका छन् । यसमा मोदीले २००९ आईपीएल भन्दा पहिले इंग्ल्याण्डका अलराउन्डर एन्ड्रयू फ्लिन्टफले आफ्नो नाम लिलामीमा दर्ता गरेको बताएका छन् । त्यसपछि चेन्नईका मालिक एवं बीसीसीआई सचिव एन श्रीनिवासनले फ्लिन्टफ आफ्नो टोलीमा मात्र जानुपर्ने अडान लिएको खुलासा गरेका छन् ।

त्यसपछि मोदीले अन्य टोलीहरूलाई लिलामीमा फ्लिन्टफको लागि बोली नगर्न आग्रह गरे । लिलामीमा पनि त्यस्तै भयो र फ्लिन्टफलाई चेन्नईले १.५५ मिलियन डलरमा किनेको थियो । त्यसबेला, लिलामीमा बोलपत्र डलरमा गरिएको थियो ।

ललित मोदीले थप भने, ‘श्रीनिवासनले आईपीएलमा अम्पायर पनि फिक्स गरेका थिए । उनले चेन्नई सुपर किंग्सको खेलका लागि चेन्नई अम्पायर नियुक्त गरेका थिए । श्रीनिवासनले आईपीएल सफल नहुने विश्वास व्यक्त गरेका थिए । प्रतियोगिता सफल भएपछि उनी आफैंले अम्पायर फिक्सिङ गर्न थाले ।’

ललित मोदी २०१० सम्म बीसीसीआईको उपाध्यक्ष थिए । त्यस वर्ष मुम्बई र चेन्नईबीचको फाइनल खेलपछि उनलाई बीसीसीआईबाट निष्कासन गरिएको थियो । बीसीसीआईले उनलाई २५३ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएको थियो । श्रीनिवासन तत्कालीन बीसीसीआई सचिव थिए ।