२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको मेगा अक्सनबाट बेन स्टोक्सले किन लिए नाम फिर्ता ?



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले जेद्दाहमा हालै सम्पन्न आईपीएल २०२५ मेगा लिलामीबाट आफ्नो नाम फिर्ता लिनुको कारण दिएका छन् ।

आईपीएल २०२५ को लागि मेगा लिलामी २४ र २५ नोभेम्बरमा साउदी अरेबियाको जेद्दाहमा आयोजित गरिएको थियो ।

आईपीएलको नयाँ नियम र गाइडलाइन्स अनुसार ३३ वर्षीय स्टोक्सले आफ्नो नाम लिलामीमा दर्ता गरेमा उनी आगामी दुई वर्षसम्म आईपीएलमा हिस्सा हुनुपर्छ ।

तर, इङ्ल्यान्डका लागि सकेसम्म खेल्ने आफ्नो लक्ष्य रहेकोले आईपीएल नखेल्नेमा आफू चिन्तित नभएको इङ्ल्यान्डका अलराउन्डरले बताए ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्ट अघि स्टोक्सले आफू करियरको अन्तिम चरणमा रहेको र सकेसम्म इंग्ल्याण्डको जर्सी लगाउन चाहेको बताएका थिए । जसका कारण उनले आईपीएलको मेगा अक्सनबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

बीबीसी टेस्ट म्याच स्पेशलसँगको कुराकानीमा स्टोक्सले भने, ‘धेरै क्रिकेट भइरहेको छ । म मेरो करियरको अन्तिम चरणमा छु भन्ने कुरा लुकाउनुपर्ने कुरा छैन । म निश्चित रूपमा लामो समयसम्म खेल्न चाहन्छु । मैले आफ्नो शरीरमा बढी ध्यान दिनुपर्छ । मैले कहिले र कहाँ खेल्ने भन्ने कुरालाई प्राथमिकता दिनुपर्छ ।’