२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्निता बनिन् ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’



अ+ अ-

काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ  । बिहिबार राजधानीमा सम्पन्न भएको ुदोस्रो फेशन एण्ड मोडल अवार्डु कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । 

फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले सम्मानित गरेको हो ।

रनर अप मिसेस हिमालयन २०१४,फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सो हरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छिन् ।

राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटीक नामको आफ्नै बुटीकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छिन् । 

ललितपुर स्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रीन फेशन आइकन’ ले सम्मानित गरियो।

त्यसैगरी, टेलिभिजनमा विभिन्न रियालिटी शो संचालनको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली रियालिटी शोलाई एक आफ्नै उचाईमा  पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नायिका तथा टेलिभिजन कार्यक्रम संचालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्फ्लुइन्सियल टीभी आईकन’ प्रदान गरियो।

वरिष्ठ अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता रहेको थियो । 

नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्‍याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको छ । 

पेजेन्ट नेपाल ईन्टरनेशनलले यसवर्षको 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ भने विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै विहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप संचालन गरी सम्पन्न गरेको थियो ।