२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सले अफगानिस्तानका युवा बलर अल्लाह गजानफरलाई ४.८० करोडमा टोलिमा भित्र्याएको छ ।

लिलामीका क्रममा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पनि मिस्ट्री बलरलाई बोली लगाए, तर मुम्बईले उनलाई आफ्नो टोलीको हिस्सा बनायो ।

पछिल्लो संस्करणमा, १८ वर्षीय बलर कोलकाता नाइट राइडर्स (केकेआर)को हिस्सा थिए, तर खेल्ने मौका पाएनन् । अब उनी हार्दिक पाण्ड्याको कप्तानीमा खेल्दैछन् । स्टार अलराउन्डरले उनलाई प्लेइङ ११ मा मौका दिने अपेक्षा गरिएको छ । कर्ण शर्मापछि उनी दोस्रो स्पिनर हुन् जसलाई मुम्बई इन्डियन्सले आधार मूल्यभन्दा बढीमा किनेको छ ।

गजानफर यसअघि आईपीएल २०२३ को लिलामीमा पनि चर्चामा आएका थिए । उनी १५ वर्ष १६१ दिनको उमेरमा दर्ता भएका थिए । तर, त्यतिबेला उनी बिक्रीमा परेका थिएनन् । २०२४ मा मुजीब–उर रहमानको सट्टामा कोलकाता नाइट राइडर्समा आबद्ध हुँदा उनको भाग्य परिवर्तन भयो ।

यसबाहेक गत सिजनअघि मुम्बई इन्डियन्स (एमआई) ले उनलाई नेट बलरका रूपमा अनुबन्ध गरेको थियो तर भिसाका कारण उनी आउन सकेनन् । हालै शारजाहमा बंगलादेशविरुद्धको खेलमा उनले २६ रन दिएर ६ विकेट लिएका थिए ।

उनको स्पेलले बंगलादेशले ११ रनमा ७ विकेट गुमाएको थियो । गजानफरले नयाँ कीर्तिमान बनाएका थिए । गजानफरले इमर्जिङ एसिया कप २०२४ मा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यी दायाँ हाते बलरले अफगानिस्तानका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छैनन् । उनले ८ ओडिआई खेलमा १२ विकेट लिएका छन् ।