३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सले अफगानिस्तानका युवा बलर अल्लाह गजानफरलाई ४.८० करोडमा टोलिमा भित्र्याएको छ ।

लिलामीका क्रममा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पनि मिस्ट्री बलरलाई बोली लगाए, तर मुम्बईले उनलाई आफ्नो टोलीको हिस्सा बनायो ।

पछिल्लो संस्करणमा, १८ वर्षीय बलर कोलकाता नाइट राइडर्स (केकेआर)को हिस्सा थिए, तर खेल्ने मौका पाएनन् । अब उनी हार्दिक पाण्ड्याको कप्तानीमा खेल्दैछन् । स्टार अलराउन्डरले उनलाई प्लेइङ ११ मा मौका दिने अपेक्षा गरिएको छ । कर्ण शर्मापछि उनी दोस्रो स्पिनर हुन् जसलाई मुम्बई इन्डियन्सले आधार मूल्यभन्दा बढीमा किनेको छ ।

गजानफर यसअघि आईपीएल २०२३ को लिलामीमा पनि चर्चामा आएका थिए । उनी १५ वर्ष १६१ दिनको उमेरमा दर्ता भएका थिए । तर, त्यतिबेला उनी बिक्रीमा परेका थिएनन् । २०२४ मा मुजीब–उर रहमानको सट्टामा कोलकाता नाइट राइडर्समा आबद्ध हुँदा उनको भाग्य परिवर्तन भयो ।

यसबाहेक गत सिजनअघि मुम्बई इन्डियन्स (एमआई) ले उनलाई नेट बलरका रूपमा अनुबन्ध गरेको थियो तर भिसाका कारण उनी आउन सकेनन् । हालै शारजाहमा बंगलादेशविरुद्धको खेलमा उनले २६ रन दिएर ६ विकेट लिएका थिए ।

उनको स्पेलले बंगलादेशले ११ रनमा ७ विकेट गुमाएको थियो । गजानफरले नयाँ कीर्तिमान बनाएका थिए । गजानफरले इमर्जिङ एसिया कप २०२४ मा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यी दायाँ हाते बलरले अफगानिस्तानका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छैनन् । उनले ८ ओडिआई खेलमा १२ विकेट लिएका छन् ।