काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।
दिल्लीले तीव्र गतिका बलर मुकेश कुमारलाई आरटीएम कार्ड प्रयोग गरेर ८ करोडमा किनेको छ ।
उनको आधार मूल्य २ करोड थियो । दिल्ली भन्दा पहिले, पञ्जाबले मुकेशमा ६.७५ करोडको बोली लगायो, तर दिल्लीले आफ्नो आरटीएम कार्ड प्रयोग गर्यो ।