२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्ने भएको छ ।

चर्को दबाबपछि (राखेप)का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी बोर्ड बैठकका लागि तयार भएसँगै राखेपको ११८औँ बोर्ड बैठक यही मंसिर १४ गते शुक्रबार बस्ने भएको हो ।

सदस्य सचिव टंकलाल घिसिङले शुक्रबारका लागि बैठक आह्वान गरेका छन् । डिगबहादुर लिम्बु परिषद्को अध्यक्ष हुँदा २०८० भदौ २८ गते अन्तिमपटक बसेको बोर्ड बैठक त्यसयता विभिन्न बहानामा बस्न सकेको थिएन ।

सदस्य सचिव घिसिङले पटक–पटक अनुरोध गर्दा पनि बैठक बस्न सकेको थिएन । जसकारण मंसिर २ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तय भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितासमेत हुन सकेन ।

प्रतियोगिता सञ्चालनार्थ बैठक नबसेपछि राखेप सदस्य प्रकाशकुमार कुसारी (सम्राट)ले सामाजिक सञ्जालमार्फत गत आइतबार असन्तुष्टि व्यक्त गर्दै बोर्ड बैठक बस्न नसक्नु र प्रतियोगिता नै रोकिनुको जवाफ माग गरेका थिए । उनको चर्को दबाबपछि अन्ततः बोर्ड बैठक बस्ने भएको हो ।

बैठकका लागि ६ वटा एजेण्डा तय गरिएको छ । जसमा राष्ट्रिय खेलकुद प्रतियोगिता, राखेप नियमावली, विद्यालय खेलकुद पाठ्यक्रम, सिएसआर, खेलाडी आवास र विविध रहेको छ ।