५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालले आइटी सेल गठन गर्ने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले आइटी सेल गठन गर्ने भएको छ ।

सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले थप व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचारप्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाललाई लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गर्न लागिएको हो ।

यसका लागि पार्टीले जिल्ला क्षेत्रको संगठनमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय भएर काम गरिरहेका कम्तिमा १० देखि १५ जना व्यक्तिको नामसूचि एक साताभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।

व्यक्ति छनौट गर्दा संगठनभित्र सामाजिक सञ्जालको प्रयोगमा सक्रिय भएको, आइटीको प्राविधिक पक्षबारे दख्खल एवं जानकार भएको व्यक्ति हुनुपर्ने छ । साथै क्यामेरा, फोनमार्फत फोटो, भिडियो खिच्न र सम्पादन गर्न सक्ने तथा सञ्चारको आवश्यक सामग्रीबारे बोल्न र लेख्न सक्ने क्षमता भएकोलाई प्राथमिकतामा राख्नुपर्ने छ ।

त्यसैगरी संगठनको विश्वसनियता र गोपनियताको विशेष ध्यान राख्न सक्ने युवा, विद्यार्थी, महिला, प्रेस मञ्च, सञ्चार र प्रचार विभागलाई प्राथमिकता दिने व्यक्ति आइटी सेलको लागि उपयुक्त हुने भनिएको छ । पार्टीमा लामो समयदेखि सक्रिय भएर काम गर्दै आएको र पार्टी संगठनको हित विपरित काम गरी कारबाहीमा नपरेको व्यक्ति हुनुपर्ने छ ।