५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बुट्टेनली’ संरक्षणको प्रयास



अ+ अ-

गलकोट । बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ ।

बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ । बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सीप सिकाउन थालिएको छ । बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो । अहिले केही नयाँ त केही गत वर्ष सिकेका २० विद्यार्थीले बुट्टेनली बनाउने तालिम लिइराखेका छन् । करिब १२ वर्षसम्म बुट्टेनलीको तालिम सञ्चालनमा नआउँदा बागलुङको पहिचान बुट्टेनली लोप हुने खतरा बढेपछि बागलुङ हस्तकला सङ्घले सीपको पुस्तान्तरण गर्न गत वर्षदेखि थालेको छ ।

झन्डै दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सीप प्रदान गर्न थालिएको हो । निगालोलाई कुदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा लोप हुन थालेपछि यहाँको हस्तकला सङ्घले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको हो । गत वर्ष २० जनालाई २० दिनको तालिम प्रदान गरिएकामा यस वर्ष १५ दिने तालिम प्रदान गरिएको छ ।

निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले गत वर्षदेखि बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको र यस पटक २० विद्यार्थीले बुट्टेनली बनाउन सिकिरहेको बागलुङ हस्तकला सङ्घका अध्यक्ष पुष्पाकिरण श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने व्यक्तिको अभाव भएको भन्दै पुस्तान्तरणका लागि अन्यलाई सिकाउन थालिएको हो । गत वर्ष वसन्तजङ्ग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुभएको थियो भने अहिले गत वर्ष तालिममा सहभागी काठेखोला गाउँपालिका–८ लेखानीका तेजन विकले समेत तालिममा प्रशिक्षण दिइराख्नुभएको छ ।

“हस्तकला महासङ्घको आर्थिक सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिइरहेका छौँ, तालिमपश्चात् सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, श्रेष्ठले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोका रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलनसमेत बढेको छ, हाम्रो उद्देश्य भनेको बुट्टेनली संरक्षणसँगै व्यावसायिक रुपमा उत्पादन गर्नु र बजारीकरण गर्ने हो ।”

अहिले पनि मायाको चिनोका रुपमा बुट्टेनली दिने प्रचलन कायमै छ । बुट्टेनली निर्माण तालिममा बागलुङ बजारका विभिन्न विद्यालयका १४ छात्रा र छ छात्र रहेका छन् । बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुदेर तयार पारिएको बाँसलाई बुट्टेनलीका रूपमा लिइँदै आएको प्रशिक्षक वसन्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । बागलुङको पहिचानमध्येको एक बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन वर्षौंपछि पुस्तान्तरण थालिएको हो ।

एक हप्तादेखि बुट्टेनली तालिम लिइराखेका कक्षा ८ मा अध्ययनरत अनुप घर्तीले आफूलाई हस्तकला क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बुट्टेनलीको तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायिकीकरण गर्न सहयोग पुग्ने घर्तीले जानकारी दिनुभयो । बागलुङ भित्रिने पाहुनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजे पनि पाइनै छाडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो ।

संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा दुई सय वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले गत वर्ष सिकाएपछि आफूले नियमित रुपमा बुट्टेनली निर्माण गर्दै आएको काठेखोला–८ लेखानीका चेतन विकले बताउनुभयो । अहिले विकले समेत विद्यार्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।




भर्खरै