काठमाडौं । दशैं भत्ता फिर्ता गर्न नेपाली काँग्रसका सांसदहरुलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न सभापति देउवाले निर्देशन दिएका हुन् ।
पछिल्लो समय नेपाली काँग्रेसले सरकारलाई पीसीआर परीक्षण सरकार आफैंले नै गर्न दबाब पनि दिँदैै आएको छ । जनताको जिउ धनको सुरक्षा गर्ने दायित्व सरकारको हो र यो दायित्वबाट सरकार पन्छिन नमिल्ने भन्दै कांग्रेसले सरकारमाथी दबाब दिँदै आएको हो ।
यता कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पनि यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर आफुहरुलाई पार्टीको निर्देशन आएको र त्यहीअनुसार जाने पनि बताए । फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको पनि नेता खाँणले बताए ।