१४ श्रावण २०८३, बिहीबार
,
Latest
बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र



अ+ अ-

काठमाडौँ । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा (एमाले)ले अस्वीकार गरेको छ ।

आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको हो ।

एमालेले गरेको जागरण सभा नसकिँदै मेयर बालेन शाहले १ लाख जरिवाना तिराएको पत्र सार्वजनिक गरेका थिए । तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानाको पत्र थमाएको भन्दै आपत्ति जनाएको छ । एमालेले बालेन एमालेमाथि परिचालित भएको आरोप लगाउँदै जरिवाना नतिर्ने घोषणा गरिसकेको छ ।

महानगरपालिकाले भने फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको जनाएको छ ।