२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने

बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी आइपुग्दै

बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी आइपुग्दै
अ अ+ अ-

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो । सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दशैंपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो । यदि सरकारले हामीले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । उनले भने, ‘पहिलो लटको चिनी बुधबार नेपाल आइपुग्छ । दोस्रोलट भने विजया दशमीसम्म आइपुग्नेछ । दशैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई(चार दिन आउने छैन नत्र भने अब सरकारले साल्ट टे«डिङलाई आयात गर्न दिएको अनुमतिअनुसार चिनी निरन्तर आयात हुनेछ । विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं । २५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने झाको भनाइ छ । अहिले खुद्रा बजारबाट प्रतिकेजी चिनी उपभोक्ताले ८५ रुपैयाँदेखि ९५ रुपैयाँ तिरी रहेका छन् । तर, साल्ट ट्रेडिङ बजारमा मूल्यभन्दा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म सस्तो बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङले बजारको मूल्यभन्दा हरेक खाद्यवस्तु सस्तो र गुणस्तरीय बिक्रीवितरण गर्दै आएको झाले बताए ।

साल्ट ट्रेडिङ दसैंतिहार चाडवर्पलाई विशेष छुट गरेर काठमाडौंका विभिन्न पाँच स्थानबाट खाद्यवस्तु बिक्रीवितरण गरिरहेको छ । यसैगरी देशका विभिन्न कार्यालयबाटै बाहिरबाट पनि उपभोक्तालाई छुटमा खाद्यवस्तु बिक्रीवितरण गरी रहेको छ । विभागीय प्रमुख झाका अनुसार विभिन्न प्रकारका चामलको प्रतिबोरामा ५० रुपैयाँदेखि एक सय रुपैयाँ छुट बिक्रीवितरण गरिरहेको छ । यसैगरी विभिन्न प्रकारका दाल, गेडागुडी प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म छुटमा दिएको छ । चिनी प्रतिकेजी ७३ रुपैयाँ बिक्री गर्दै आएको साल्ट ट्रेडिङले अहिले दशैंतिहारका लागि प्रतिकेजी ३ रुपैयाँ छुट गरेर ७० रुपैयाँमा दिएको छ । सोही चिनी अहिले बजारमा ५ रुपैयाँदेखि ९५ रुपैयाँमा पर्ने गरेको छ । यसैगरी २० रुपैयाँ पर्ने नुनलाई साल्ट ट्रेडिङले प्रतिकेजी २ रुपैयाँ छुट गरेर १८ रुपैयाँमा दिने गरेको छ । साल्ट ट्रेडिङले उपभोक्तालाई बिक्री गर्दै आएको खाद्यवस्तु बजारको भन्दा सस्तो र गुणस्तरीय हुने साल्ट ट्रेडिङको दाबी छ । राजधानी दैनिक