काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।








