२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराउनु भयो । कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’

प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।