५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा तीनजना मृतावस्थामा भेटिए



सांकेतिक तस्बिर ।
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन् ।

आजै काठमाडौँ–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।

त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।