२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वामीकार्तिक उपनिर्वाचनः थापा र विकको उम्मेदवारी फिर्ता



अ+ अ-

बाजुरा । यही १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एमाले)र नेकपा (एकीकृत समाजवादी) चुनावी प्रतिस्पर्धा हुने भएको छ । यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार आठ सय १० मत ल्याउनुभएको थियो । उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।