२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका लागि १५६ जनाको आवेदन



अ+ अ-

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि कूल १५६ जनाले आवेदन दिएका छन् ।

मंसिर ४ गते सम्मको अन्तिम समयसीमाभित्र भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ गरी १५६ जनाले आवेदन दिएका टिआरसी सर्च कमिटीका संयोजक ओमप्रकाश मिश्रले बताए ।

अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।

सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गाउनका लागि कानुन संशोधन गर्दै पदाधिकारी सिफारिस समिति गठन गरेको थियो । पदाधिकारी नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो ।