२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.64

Wind: 1.54

Humidity: 76

Latest
‘संविधानले आमाका नाममा नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोक्यो’ थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो ‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’ ‘कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ’ आगलागीबाट तीन जना घाइते वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता भूठानले ल्यायो कागजको खोस्टो ग्लोबल आइएमई बैंकले महिलालाई १० करोड रुपैयाँसम्मको कर्जा दिने अवैध आप्रवासन रोक्न प्रतिबद्ध: अमेरिकी दूतावासको सन्देश नेपालीलाई सतर्क रहन आग्रह एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्ष र कोरियाका राजदुतबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।  

भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ । 

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल समेत परेको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामि दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो की भन्दै चासो व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सँधै नेपालको प्राथमिकतामा रहेको बताउनुभयो । राजदूत नियुक्तिमा भएको ढिलाई प्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।